४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएका छौँ : मन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले विचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका लागि राम्रो व्यवस्थापन गरेको जानकारी दिए ।

मन्त्री भट्टले विदेशबाट आयात गर्ने तरकारी फलफूल पनि परीक्षण गरेर मात्र आउने उल्लेख गर्दै स्वेदशमै उत्पादन भएको तरकारी तथा फलफूललाई पनि खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्र उपभोक्ता माझ जाने गरेको बताए ।

मन्त्री भट्टले कोरोना भाइरस जोखिमको अवस्थामा छ महिनासम्म पुग्ने खाद्यान्न रहेको र खाद्य पदार्थको अभाव हुन नदिन कृषि उत्पादनलाई बढी जोड दिएको बताउँदै कतिपय खाद्य पदार्थ विदेशबाट नल्याउँदा नपुग्ने हुनाले ल्याउनैपर्ने बाध्यता भएको स्पष्ट पारे ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको