५ पुस २०८२, शनिबार | December 20, 2025

देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता