३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मर्चवारमा गोली चल्यो, एक भारतीय सहित ३ जना प्रहरीको नियन्त्रणमा



बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । सीमापारिबाट सामान ओसारपसार गर्नेहरुले गोली चलाएको बताइएपनि प्रहरीले त्यसको पुष्टी गरेको छैन ।

बिहिबार राती केही पड्केको आवाज आएको र घटनास्थलमा एक थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताएका छन् । उनले करिब ७ बजे गोली चलेको पुष्टी गरे । कोटहीमाइ गाउपालिका वडा नम्बर ३ पर्सियामा तस्करी रोक्न सक्रिय रहेको प्रहरीलाई तर्साउनको लागि हवाइ फायर गरिएको अनुमान गरे ।

डीएसपी अर्यालले एकजना भारतिय र २ जना नेपाली नागरिकलाई पक्राउ गरिएको र उनीहरुबाट भारतिय नम्बर प्लेटको १ थान र नेपाली नम्बर प्लेटको १ थान मोटरसाईकल पनि बरामद भएको बताए । घटनामा संलग्न अन्यको पनि नाम आएकाले अनुसन्धानका पछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने उनले बताए ।

गोली चलेको स्थान नेपाल(भारतको सीमा क्षेत्र हो । गोली चलेको पर्सिया लगायत त्रीलोकपुर, कदमहवाबाट भारतबाट अवैध चोरी निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ३६ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय