३० भदौ २०८३, मंगलबार | September 15, 2026

गण्डकी प्रदेशले आज सभामुख पाउने, माओवादीका कृष्ण धिताल निश्चित जस्तै



पोखरा । गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाउँदै छ । प्रदेशसभा सचिवालयले गरेको सभामुख चयनको मिति र तालिकाअनुसार आज ३ः०० बजेको बैठकले नयाँ सभामुख चयन गर्नेछ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफुहरूमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले  निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् ।

यस्तो छ निर्वाचन तालिका अनुसार बिहान ११ः०० बजेदेखि दिनको १ः०० बजेसम्म सभामुखका लागि प्रस्ताव दर्तागरिने छ भने मध्यान्न १ः३० बजे सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरिदिउँसो ३ः०० बजे प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीकातर्फबाट गोरखा १ (क)बाट निर्वाचित कृष्ण धिताल चहुने निश्चित जस्तै छ । सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो ।

प्रमुख प्रतिपक्ष दल काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ ।

६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ०९ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी