४ पुस २०८२, शुक्रबार | December 20, 2025

सदुरपश्चिम प्रदेशसभाको निर्वाचन आज साँझ ६ बजे गर्ने सर्वदलीय सहमति



धनगढी। सदुरपश्चिम प्रदेशसभाको सभामुखको निर्वाचन आज साँझ गर्न सर्वदलीय सहमति जुटेको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आज बिहानदेखि बसेको सर्वदलीय बैठकले आजै साँझ ६ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सभामुखमा माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । जेष्ठ सदस्य रावलले कांग्रेसबाट उम्मेदवारी दिएका कारण अर्का जेष्ठ सदस्य शिवराज भट्टले सभा चलाएका थिए ।

बिहीबार भएको निर्वाचनमा दुवैजनाले बहुमत ल्याउन नसकेपछि पुनः निर्वाचन मिति तोकिनुपर्ने थियो ।
शुक्रवार पुनः निर्वाचन गर्ने भनिएकोमा अचानक बैठक नै स्थगित गरिएको थियो।

सत्तारुढ एमाले र माओवादीले तत्काल सभामुखको निर्वाचन माग गरिरहेका थिए भने कांग्रेस र एकीकृत समाजवादीले निर्वाचन धकेल्न चाहेका थिए । उनीहरुले निर्वाचन प्रक्रिया सुरुदेखि नै गर्नुपर्ने अडान राखेका थिए ।

तर आज बसेको सर्वदलीय बैठकबाट भने आजै साँझ निर्वाचन गर्ने सहमति जुटेको हो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्छ। माघ २ गते भित्र भने जसरी पनि निर्वाचन सकिसक्नुपर्छ ।

त्यही दिन मुख्यमन्त्रीको शपथ ग्रहण पनि तोकिएको थियो। बैठकमा प्रक्रिया पुरा गर्दा मुख्यमन्त्रीको शपथ ग्रहणको समय ४ बजेका लागि तोकिएको थियो।

शपथ ग्रहणका लागि केहिबेर प्रदेश सभाको बैठक स्थगित भयो र एक घण्टापछि बस्यो।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको