२ श्रावण २०८३, शनिबार | July 19, 2026

सदुरपश्चिम प्रदेशसभाको निर्वाचन आज साँझ ६ बजे गर्ने सर्वदलीय सहमति



धनगढी। सदुरपश्चिम प्रदेशसभाको सभामुखको निर्वाचन आज साँझ गर्न सर्वदलीय सहमति जुटेको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आज बिहानदेखि बसेको सर्वदलीय बैठकले आजै साँझ ६ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सभामुखमा माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । जेष्ठ सदस्य रावलले कांग्रेसबाट उम्मेदवारी दिएका कारण अर्का जेष्ठ सदस्य शिवराज भट्टले सभा चलाएका थिए ।

बिहीबार भएको निर्वाचनमा दुवैजनाले बहुमत ल्याउन नसकेपछि पुनः निर्वाचन मिति तोकिनुपर्ने थियो ।
शुक्रवार पुनः निर्वाचन गर्ने भनिएकोमा अचानक बैठक नै स्थगित गरिएको थियो।

सत्तारुढ एमाले र माओवादीले तत्काल सभामुखको निर्वाचन माग गरिरहेका थिए भने कांग्रेस र एकीकृत समाजवादीले निर्वाचन धकेल्न चाहेका थिए । उनीहरुले निर्वाचन प्रक्रिया सुरुदेखि नै गर्नुपर्ने अडान राखेका थिए ।

तर आज बसेको सर्वदलीय बैठकबाट भने आजै साँझ निर्वाचन गर्ने सहमति जुटेको हो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्छ। माघ २ गते भित्र भने जसरी पनि निर्वाचन सकिसक्नुपर्छ ।

त्यही दिन मुख्यमन्त्रीको शपथ ग्रहण पनि तोकिएको थियो। बैठकमा प्रक्रिया पुरा गर्दा मुख्यमन्त्रीको शपथ ग्रहणको समय ४ बजेका लागि तोकिएको थियो।

शपथ ग्रहणका लागि केहिबेर प्रदेश सभाको बैठक स्थगित भयो र एक घण्टापछि बस्यो।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ४० बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल