१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णाली प्रदेशसभामा सभामुखको निर्वाचन आज



काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३७ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।