६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने



चितवन । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो ।

दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गर्न लागिएको हो । उनले आज दिउँसो १ बजे विशेष क्रुजिङको समय हुने जानकारी दिए । तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् ।

क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको रू १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट रू सात सय, ब्रेकफास्ट क्रुजिङको रू एक हजार पाँच सय, लञ्च क्रुजिङ रू दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको ढुङ्गेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् ।

क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।

क्रुजसिप निर्माणमा रु १५ करोड बढी खर्च भएको कँडेलले जानकारी दिए । उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए । क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : २२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस