१९ कार्तिक २०८३, बिहिबार | November 6, 2026

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिएका छन् । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उनले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले आज प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् । चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए । उनले सुख्खायाममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ९ : ३० बजे

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगन्ज । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण

बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएन

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा