१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

भारतले लिम्पियाधुरा–कालापानी क्षेत्र तत्काल फिर्ता गर्नुपर्छ : दीनानाथ शर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् ।

शर्माले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए । उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको धारणा राखे । नेपाली भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उनले माग गरे ।

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए । शर्माले भने ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्भभौंमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन एक ढिक्का छन भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ । यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ ।’

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए। उनले भरतले नेपालसँग रोटिबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काकडा समेत फिर्ता दिनुपर्ने माग गरे ।

उनले भने, ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडा सम्मको जमिन तपाइहरुले लिनुस भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ । यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र काँगडा सम्मको भूमि फिर्ता गरिदिनुपर्छ ।’

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १ : ५७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन