काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका नेकपा एमालेका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् ।
उम्मेदवारी दिएपछि बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले विगतमा भएका कमजोरीबाट सिकेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने बताए । आफ्नो विजय सुनिश्चित रहेको दाबी गर्दै उनलले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने पनि बताए ।
सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने उनको भनाइ थियो ।


















प्रतिक्रिया