३० असार २०८३, मंगलबार | July 14, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उनले विश्वासको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो । बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो ।

उनलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । उनले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ५८ बजे

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका