४ पुस २०८२, शुक्रबार | December 19, 2025

मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर



काठमाडौं । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् ।
पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।

मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार  मुद्दा लगाएको थियो ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको