२२ असार २०८३, सोमबार | July 6, 2026

रवि लामिछानेको नागरिकता विवाद माथिको सुनुवाइ हेर्दाहेर्दैमा, शुक्रबार सकिने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको मुद्दामाथि सर्वोच्च अदालतमा भैरहेको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार रिट निवेदक र प्रतिवादी पक्षका वकिलहरुले बहस सकेपछि सुनुवाइ हेर्दैमा सकिएको हो । अब शुक्रबार बस्ने इजलासमा पुनः सुनुवाइ हुनेछ ।

आजको सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले रवि लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरे । उनीहरुले लामिछानेले अमेरिकी कानूनअनुसार सपथ लिएर त्यहाँको नागरिकता प्राप्त गरेका कारण हाल उनी नेपाली नागरिक नभै नेपाली मुलका विदेशी नागरिक भएको दाबी गरे ।

लामिछानेको तर्फबाट बहस गर्ने सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले रिट निवेदन बदरभागी भएको जिकिर गरे । लामिछानेका निजी वकिलहरु सुशील पन्त र सुनिल पोखरेलले पनि जवाफी बहस गरे।

सुनुवाइ बुधबार नकिएपछि शुक्रबारसम्म हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार बहस सकिएपछि इजलासले आफ्नो फैसला सुनाउनेछ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २० बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका