काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ ।
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् ।
विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । मन्त्रीले घुस खाएर निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएको उनले आरोप लगाए । निजी क्षेत्रले पुस्तक प्रकाशित गर्दा महंगो मूल्यमा किन्न बाध्य हुने भन्दै अनेरास्ववियुले पुत्ला जलाएको हो ।



















प्रतिक्रिया