१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गरेको हो ।

जारी पुँजी रू एक अर्बको ३४ प्रतिशत बराबरको रू ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रू १० लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।

दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याईएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर प्रतिकित्ता रू एक सयका दरले सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिने सकिने जनाएको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा