१८ श्रावण २०८३, सोमबार | August 4, 2026

८२ औँ सहिद दिवस तथा सिसासको वार्षिकोत्सवमा साहित्यकार सम्मानीत



भैरहवा । ८२ औँ सहिद दिवस तथा सिर्जनशील साहित्यिक समाज (सिसास) को १९ औँ वार्षिकोत्सवका अवसरमा ६ जना स्रष्टा सम्मानीत तथा पुरस्कृत भएका छन् ।

कार्यक्रममा साहित्यकारहरुले सहिदहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै सहिदहरुलाई सम्झीएका थिए ।

सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्राडा कपिलदेव लामिछाने १५ हजार ५ सय ५५ राशीबाट पुरस्कृत भएका छन् भने, सिर्जनशील स्रष्टा सम्मानबाट सिसासका पूर्व अध्यक्ष तथा सल्लाहकार शशि पन्थी सम्मानीत भएका छन् । त्यसैगरि सिर्जनशील गंगा साहित्य पुरस्कारबाट साहित्यकार यादव भट्टराई ११ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

त्यसैगरि सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट साहित्यकार युवराज खनाल २ हजार १ सय राशीबाट, शिक्षा क्षेत्रमा क्रियाशील चन्द्रप्रकाश उपाध्याय सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट ५ हजार ५ सय ५५ राशीबाट, सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट बेलहिया माविकी छात्रा बबिता यादव सम्मानीत तथा पुरस्कृत भएको सिसासका अध्यक्ष कमल पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा वरिष्ठ संस्कृतिविद् प्राडा गितु गिरीले साहित्य समाजको दर्पण भएको बताउँदै सरकारी सम्मान आसे पासे र गासेले मात्रै पाउने तर यो सम्मान नागरिक स्तरको उच्च स्तरीय सम्मान भएको बताए । साहित्य समाजको दर्पण हो । रक्त रहित हतियार हो प्राध्यापक डाक्टर गिरीले भने, कलमजीवि समाजका शसक्त हतियार हुन्छन् । साहित्यमा इतिहास, संस्कृति जोडिएको छ । जीवनको जिवन्त साहित्य हो ।

बौद्ध धर्मलाई बढी धर्मको रुपमा प्रचार गरेको तर्क गर्दै गिरीले भने, बौद्ध धर्म होइन दर्शन हो । सोँच विचार अमूर्त साहित्य हो । बौद्ध दर्शनमा सुरु देखी नै साहित्य लेखन भएको पाइन्छ ।

सिसासको २ सय २९ औँ नियमित मासिक साहित्यिक संगम समेत रहेको कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूँद राना, विजय सागर, रुद्र ज्ञवाली, नारायणप्रसाद भण्डारी, सुरज घिमिरे दीपशीखा, छवि ज्ञवाली, सुवास रिजाल, सिर्जना खनाल, उर्मीला यादव, सीता काफ्ले लगायतले रचना बाचन गरेका थिए ।

कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका ब्रह्मा कुमार, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लिराज भट्टराई, लुम्बिनी प्रेस क्लवका अध्यक्ष सम्झना शर्मा लगायतले मन्तब्य राखेका थिए । सिसासका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तब्य र सचिव विष्णुप्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : १३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क