काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिएर समर्थन फिर्ता गर्ने संकेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई नदिए पुस १० अगाडीको अवस्थामा मुलुक जाने बताएर फर्केको रास्वपा स्रोतलदे दाबी गरेको छ ।
पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । रास्वपाले दिएको चेतावनी कार्यान्वयन हुँदा रास्वपा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने अवस्थामा पुगेको ठहरिने बताइएको छ ।
प्रधानमन्त्रीले भने पुरानै नागरिकताका आधारमा राहादानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न र केही दिन पर्खन आग्रह गरेका थिए ।
रविको बहिर्गमन पछि माओवादीका कतिपय नेताहरुले गृृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् । बुधबार बस्ने माओवादीको स्थायी समितिको बैठकले गृहमन्त्रीका बिषय टुंगो लगाउने माओवादीका एक नेताले बताए ।



















प्रतिक्रिया