२३ बैशाख २०८३, बुधबार | May 6, 2026

गृहमन्त्री नपाए रास्वपा समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिएर समर्थन फिर्ता गर्ने संकेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई नदिए पुस १० अगाडीको अवस्थामा मुलुक जाने बताएर फर्केको रास्वपा स्रोतलदे दाबी गरेको छ ।

पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । रास्वपाले दिएको चेतावनी कार्यान्वयन हुँदा रास्वपा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने अवस्थामा पुगेको ठहरिने बताइएको छ ।

प्रधानमन्त्रीले भने पुरानै नागरिकताका आधारमा राहादानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न र केही दिन पर्खन आग्रह गरेका थिए ।

रविको बहिर्गमन पछि माओवादीका कतिपय नेताहरुले गृृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् । बुधबार बस्ने माओवादीको स्थायी समितिको बैठकले गृहमन्त्रीका बिषय टुंगो लगाउने माओवादीका एक नेताले बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ४६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा