३ आश्विन २०८३, शनिबार | September 20, 2026

बाँसबाट बनाएको सामग्रीले मूल्य पाएन



नवलपरासी । (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ भुजेल गाउँका जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गरेका हुन्। पुख्र्यौली पेसा पछ्याउँदै आएका भुजेलले ७० वर्षको उमेरसम्म पनि आफ्नो पेसालाई निरन्तरता दिएका छन् ।

सबै सामानको मूल्य बढ्दा आफूहरुले बनाएको सामानको मूल्य नबढेको उनले गुनासो गरे । “सानो डोकोलाई दुई सय र ठूलो डोकोलाई पाँच सयमा बेच्न थालेको पाँच वर्ष भयो, मूल्य बढ्नु त कता–कता पहिलेकै मूल्यमा पनि बेच्न गाह्रो छ”, उनले भने ।

गैँडाकोट नगरपालिका–३ भुजेल गाउँमा ३५ घरधुरी छन् । यहाँका प्रत्येक घरका सदस्य दिनभरि डोको, डालो, नाङ्लोलगायतका सामग्री बनाउन व्यस्त हुन्छन् । उनीहरुको आम्दानीको स्रोत नै यही पेसा हो । पहाडी क्षेत्रमा बाँसको उत्पादन राम्रो हुने भएकाले जीविकोपार्जनका लागि महिलाहरुसमेत यसतर्फ आकर्षित छन् ।

दुःख गरेर बनाएको डोको–डालोले परिश्रम अनुसारको उचित बजार मूल्य नपाएको ३० वर्षीया मङ्गली भुजेलले गुनासो गरे । “चोया पनि किन्नुपर्छ, एउटा डालो बनाउन एकदिन पूरै लाग्छ, गाउँमा बिक्री हुँदैन, उचित मूल्य नहुँदा लगानीसमेत उठाउन गाह्रो भएको छ”, भने।

स्थानीय संसरी भुजेलको दैनिकी पनि डोको–डालो बुनेर नै बित्ने गर्छ । बालबच्चा पढाउने र घरखर्च चलाउने माध्यम यही हो । “चामल, नुन, तेल, मसला हरेक सामानको भाउ बढेको छ तर हामीले बनाएको सामग्रीको न मूल्य बढ्छ न त उचित बजार नै पाइन्छ”, उनले भने ।

स्थानीयले उत्पादन गरेको सामग्रीको बजारीकरणको व्यवस्था सरकारले गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय रमेश भुजेलले बाँसको चोयाबाट उत्पादित सामानको उचित मूल्य दिने जिम्मा स्थानीय सरकारले लिनुपर्ने बताए ।

चार वर्षअगाडिसम्म उत्पादित सामानको बजारीकरण गरिदिने आश्वासन दिएको गैँडाकोट नगरपालिकाले यसपटक भने यसको विकल्प खोज्नुपर्ने बताए । गैँडाकोट नगरपालिकाका प्रवक्ता तथा गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बजारमा आएका प्लास्टिकका सामानले चोयाबाट बनेका सामानलाई विस्थापित गर्दै लगेको बताउँदै स्थानीयलाई अन्य क्षेत्रको विकल्प दिने बताए ।

प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन् । कतिपय ठाउँमा यस्ता सामग्री बने पनि बिक्री हुने र लागत अनुसारको मूल्य नपाउने समस्या छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ०२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब