८ पुस २०८२, मंगलबार | December 23, 2025

नारायणीको उत्तरी भङ्गालोमा पानी फर्काउन थालियो



नवलपुर । नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नदीमा डोजर लगाएर उत्तरी भङ्गालोमा नदीको पानीलाई फर्काउन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए ।

शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले पानीको बहाव फर्काउनका लागि आज गिद्देनी पोस्टसम्म काम गरिएको जानकारी दिए ।

यसअघि नारायणी नदीको पानी नदीजन्य पदार्थको उत्खन्नका कारण चितवनतर्फको दक्षिणी भङ्गालोमा मात्रै बग्दा निकुञ्जको सुरक्षा र जैविक विविधतामा गम्भीर असर पर्ने भन्दै यही माघ २ गते समाचार प्रकाशित भएको थियो ।

चितवनको सेती देवी सामुदायिक वनको आसपास नदीजन्य पदार्थको उत्खनन् गरिँदा नारायणी नदीको पानी ९५ प्रतिशत बढी दक्षिणी भङ्गालोमा बग्न सुरु गरेपछि नवलपुरतर्फका उत्तरी भङ्गालो सुक्खा भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : ४९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना