१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रेस चौतारीको २५ औं स्थापना दिवस : बुटवलमा रक्तदान कार्यक्रम, २५ युनिट रगत संकलन



बुटवल । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । चौतारी २५ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । उनले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा अरुलाई पनि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले प्रस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्दै पत्रकारहरु आफ्नो पेशासंगै सामाजिक कार्यमा समेत सधै क्रियाशिल रहेको दाबी गरे ।

दिवसको अवसरमा प्रदेशका १२ जिल्लामा विविध कार्यक्रम गरी भातृत्व र रचनात्मक कार्यहरु गरी मनाईएको उनले बताए । विभिन्न जिल्लामा चौतारी मिलन, फुटसल, मदरसामा स्टेशनरी वितरण लगायतका रचनात्मक कार्यक्रम गरि मनाईएको उनले बताए ।

प्रेस चौतारी रक्तदान अभियानमा धेरै पहिले देखि जोडिएको भन्दै आगामी दिनहरुमा समेत निरन्तरता दिने प्रतिवद्घता जनाए । रक्तदान जस्तो मानवीय कार्यलाई प्रेस चौतारीले विगतका वर्षदेखि नै निरन्तरता दिंदै आएको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रुपन्देही रक्तदाताको हब बन्न सफल भएको बताए । रुपन्देही जिल्लाको मागलाई पूरा गर्दै चितवन, पाल्पा, दाङ जस्ता छिमेकी जिल्लासहित देशभरका अधिकांश स्थानमा रगतको मागलाई यहाँबाट पुरा गर्दै आएको उनले बताए । रगतको माग धेरै हुने रुपन्देहीमा रक्तदाताको संख्या अभिवृद्धिका लागि अभियानहरु समेत चलाउँदा सफलता मिलेको उनले बताए ।

चौतारीको २५ औं स्थापना दिवसमा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनदेखि पत्रकारहरुले उत्साहजनक रुपमा रक्तदानमा सहभागिता जनाएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमाको वनवाटिकामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : १६ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको