७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।  अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् ।

कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सोमबार निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  २ : १५ बजे

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी, महामन्त्री शर्माले सभामुखलाई भने-‘रबर स्ट्याम्प’

काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक

नेपालगन्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि