५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

प्रहरीमा निवेदन दिँदा कुनै प्रकारको शुल्क नलिनु, २४ घण्टा सेवा दिनु : डीआईजी राई



बुटवल ।  लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् । हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएको भन्दै त्यसरी शुल्क तिर्न र लिन नहुने बताए ।

उनले प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिने बताँदै प्रहरीको सेवा २४ सै घण्टा हुनु पर्ने पनि बताए । ुप्रहरी २४ घण्टै सेवामा हुन्छ, निःशुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह हुन्छ र हुनुपर्छ,ु उनले भने । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुदा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउदै डिआइजी राईले अपराधीलाई संरक्षण नगरी प्रहरीलाई सूचना दिएर सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश र भारतसँग करिब ३८५ किलोमिटर खुला सीमा भएकोले सिमाना सुरक्षाका लागि ठूलो चुनौती रहेको उनले बताए । कम जनशक्ति र स्रोत साधनका बाबजुद तस्करी र अपराध नियन्त्रण प्राथमिकतामा  रहेको उनले बताए ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ०३ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया