६ पुस २०८२, आइतबार | December 21, 2025

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई विदेशी भन्ने वाक्यांश



काठमाडौं । आमहडताल देखी बिशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाटआएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय आन्दोलित भएको थियो । सिक्किम लगायत क्षेत्रमा आमहडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किम लगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा बिशाल प्रदर्शन मात्रै भएको थिएन, आमहडतालसम्म हुदाँ भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘बिदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : ०५ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम