जनकपुर । मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ः०० बजेदेखि बस्नेगरी आह्वान गरिएको छ ।
मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्को) आज बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ः०० बजेदेखि बस्ने गरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । विश्वासको मत लिने प्रयोजन कै लागि प्रदेशसभाको बैठक आह्वान गरिएको हो । उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा बुधबार नै औपचारिक पत्र पठाइसकेको जनाएका छन् ।
















प्रतिक्रिया