६ पुस २०८२, आइतबार | December 22, 2025

मुलुक समस्याको भुमरिमा छ, ताली र सस्तो कुरामा नअलमलीऔं : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले  भने, ‘मुकुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी , कुशासन,  धर्म परिवर्तन सङ्गै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ, तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन, जुन बिडम्बना हो ।’

अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले  मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद, सिद्धान्तको विवाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता,  लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए ।

कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र प्रवक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए ।

जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भावी कार्यक्रम बारे बैठकलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : १९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको