६ श्रावण २०८३, बुधबार | July 22, 2026

मुलुक समस्याको भुमरिमा छ, ताली र सस्तो कुरामा नअलमलीऔं : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले  भने, ‘मुकुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी , कुशासन,  धर्म परिवर्तन सङ्गै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ, तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन, जुन बिडम्बना हो ।’

अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले  मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद, सिद्धान्तको विवाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता,  लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए ।

कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र प्रवक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए ।

जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भावी कार्यक्रम बारे बैठकलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : १९ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन