२३ बैशाख २०८३, बुधबार | May 6, 2026

विभिन्न समुहमा रहेका माओवादीहरु पुन: एक हुने पहल भैरहेको छ : प्रचण्ड

'जनयुद्ध दिवस राष्ट्रकै सम्पत्ति'



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समुहमा रहेका माओवादीहरुलाई पुनः एक बनाउने पहल भैरहेको बताएका छन ।

जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले विभिन्न दलहरुबीच छिट्टै पार्टी एकता हुने र समाजवादी मोर्चा बनाएर जाने बताए । उनले यस्तो पार्टी एकताले माओवादी नेता कार्यकर्ता र जनतालाई उर्जा दिने दाबी समेत गरे । उनले भने, ‘हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ। सबैले आ–आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।’

प्रचण्डले सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल समेत गरे । प्रचण्डले कम्युनिष्टहरुबाहेक समाजवादी आन्दोलनका मोर्चासँग समाजवादी मोर्चा बनाएर जाने विषयमा कुरा भैरहेको पनि जानकारी गराए ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे । क्याविनेटबाट जनयुद्धबारे निर्णय गर्दै सार्वजनिक बिदा दिएपछि त्यो माओवादीको मात्र नभै राष्ट्रकै सम्पति बन्न पुगेको प्रचण्डको दाबी छ । उनले जनयुद्ध दिवस ऐतिहासिक दिन भएको दाबी गर्दै वैधानिक तवरबाट यसलाई स्थापित गरेकोमा सन्तोष व्यक्त गरे । प्रचण्डले भने ‘यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रति, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो। यो संकल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा पुर्याउने संकल्प पनि हो।’

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ३४ बजे

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज