काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।
आज अर्थात १ फागुनलाई जनयुद्ध दिवस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिकाटिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन ।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले टविट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



















प्रतिक्रिया