६ माघ २०८२, मंगलबार | January 20, 2026

रक्षामन्त्री उप्रेती दिल्लीमा, भेटे भारतीय समकक्षी सिंहलाई



दिल्ली । पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन् । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ ।

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आएका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् ।

यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसकेकी छिन् ।

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड-डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४ औं संस्करणमा सहभागी हुनेछन ।

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : ५६ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत