१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

सिद्धार्थ माविले मनायो ‘किड्स डे’



बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले सोमबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह-प्रचार्यरमेश प्रसाद बस्यालले जानकारी दिए ।

विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको उनले बताए । बालबालिकाहरुको अभिभावक समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले कविता, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयक अध्यक्ष रामलाल श्रेष्ठले साना बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुको क्षमता र सीप पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । विद्यार्थीको अन्तरनिहित क्षेमता पहिचान गरि सोही अनुसार शैक्षिक गतिविधि सञ्चालन गरेकै कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको उल्लेख गरे ।

कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका कक्ष नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई प्राचार्य यमबहादुर राना तथा विद्यालयका अध्यक्ष श्रेष्ठले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले आइतबार जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।

यसैगरी विद्यालयले सोही कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यसका साथै विद्यार्थीहरुले आविस्कार गरेका तथा निर्माण गरेका विभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक शंकर पौडेलले जानकारी दिए । जुनियर तर्फ कक्षा नर्सरीदेखि ३ तथा कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थी लक्षित दुई सेसनमा दुई दिन भएको कार्यक्रमको सञ्चालक शिक्षक मेघराज भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : ५० बजे

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको