२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

महाशिवरात्रीमा सिद्धबाबा मन्दिरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तन गरिने



बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीलाई भव्यताका साथ मनाउने गरि तयारी गरेको छ ।

महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए ।

भक्तजनको पूजा व्यवस्थापनका लागि गत वर्षमा भक्तजनलाई ३ लाइनमा राखेर व्यवस्थापन गरिएको थियो भने यो वर्ष ४ लाइनमा व्यवस्थापन गर्ने तयारी गरेको उनले बताए । यसैगरी सिद्धबाबाको निःशुल्क बस बाहेक थप ६ वटा बसको व्यवसथापन गरिएको उनले बताए ।

बुटवलका राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवस्थापनलाई सहज बनाउनका लागि विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिने उनले बताए ।

गत वर्ष ३० हजारले मन्दिर भित्र प्रवेश गरेर र करिब २० हजारले मन्दिर बाहिरबाटै पूजा गरेका कारण यो वर्ष उक्त संख्या वृद्धि भई ७० हजार बढी हुने अनुमान गरिएको छ । यो वर्ष शनिबार पनि परेको हुँदा संख्या वृद्धि हुने देखिएको हो । मन्दिरमा १० जना पुरोहितद्वारा पूजा गरिने छ ।

उपाध्यक्ष अमर प्रधानले तयारीका कामहरु अन्तिम चरणमा आएको बताए । मन्दिरमा केही रङ्गरोगन बाहेकमा काम पूरा भएको उनले बताए । सिद्धबाबालाई पश्चिम नेपालकै पशुपतिका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । तयारी बारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा समितिले गतवर्षभन्दा थप व्यवस्थित गरी धेरैभन्दा धेरै भक्तजन भित्र्याउने तयारी रहेको जनाएको छ । सचिव अरबिन्द पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ५२ बजे

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै