४ पुस २०८२, शुक्रबार | December 19, 2025

महाशिवरात्रीमा सिद्धबाबा मन्दिरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तन गरिने



बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीलाई भव्यताका साथ मनाउने गरि तयारी गरेको छ ।

महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए ।

भक्तजनको पूजा व्यवस्थापनका लागि गत वर्षमा भक्तजनलाई ३ लाइनमा राखेर व्यवस्थापन गरिएको थियो भने यो वर्ष ४ लाइनमा व्यवस्थापन गर्ने तयारी गरेको उनले बताए । यसैगरी सिद्धबाबाको निःशुल्क बस बाहेक थप ६ वटा बसको व्यवसथापन गरिएको उनले बताए ।

बुटवलका राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवस्थापनलाई सहज बनाउनका लागि विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिने उनले बताए ।

गत वर्ष ३० हजारले मन्दिर भित्र प्रवेश गरेर र करिब २० हजारले मन्दिर बाहिरबाटै पूजा गरेका कारण यो वर्ष उक्त संख्या वृद्धि भई ७० हजार बढी हुने अनुमान गरिएको छ । यो वर्ष शनिबार पनि परेको हुँदा संख्या वृद्धि हुने देखिएको हो । मन्दिरमा १० जना पुरोहितद्वारा पूजा गरिने छ ।

उपाध्यक्ष अमर प्रधानले तयारीका कामहरु अन्तिम चरणमा आएको बताए । मन्दिरमा केही रङ्गरोगन बाहेकमा काम पूरा भएको उनले बताए । सिद्धबाबालाई पश्चिम नेपालकै पशुपतिका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । तयारी बारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा समितिले गतवर्षभन्दा थप व्यवस्थित गरी धेरैभन्दा धेरै भक्तजन भित्र्याउने तयारी रहेको जनाएको छ । सचिव अरबिन्द पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको