४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

‘ग्यासको सुरक्षित प्रयोगमा सरकारको बेवास्ता’



बुटवल । खाना पकाउने ग्यास र यससंग सम्बन्धित वस्तुहरुको सुरक्षित प्रयोगमा स्थानीयदेखि केन्द्रसम्म तीनै तहका सरकारले बेवास्ता गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको व्यवसायीले बताएका छन् ।

ग्यास बिक्रेता संघ रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी एलपीजी ग्यासको विक्रि वितरण र प्रयोगबारे तीनै तहका सरकारले जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

ग्यास सिलिण्डरमा जोड्ने रेगुलेटर र पाइपको गुणस्तर र विक्रिमा निश्चित मापदण्ड बनाई अनधिकृतरुपमा यस्ता वस्तुको विक्रि विरतरण कडाईका साथ रोक्नुपर्ने संघका अध्यक्ष प्रदीप पन्थले बताए । ग्यास सिलिण्डरबाट आगजनी वा विष्फोट हुने मुख्य तीनवटा कारणमा सिलिन्डर, रेगुलेर र पाइप हुने भन्दै उनले यी तीनवटै वस्तु नेपाल गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्ने वयवस्था कडाईका साथ लागु गर्न उनले माग गरे । बजारमा सेन्सरयुक्त रेगुलेटर पनि उपलब्ध रहेको भन्दै यस्तो रेगुलेटर प्रयोग गर्दा दुर्घटनाको जोखिम नहुने बताए । सचेतना फैलाउने काममा ग्याँस बिक्रेता संघ जहिले पनि तयार रहेको तर वजेट अभाव र सरकारले समन्वय र सहकार्य नगरेको संघले गुनासो गरेको छ ।

‘खाना पकाउने ग्यास ज्यादै संवेदनशील वस्तु हो तर यसको सुरक्षित प्रयोगबारे कुनै पनि सरकारले प्रभावकारी जनचेतनामूलक अभियान कहिल्यै गरेन’- अध्यक्ष पन्थले भने–‘सामान्य कुराको ज्ञान र चेतनाको कमीले पनि दुर्घटना निम्तिन सक्छ, यसमा सरकार संवेदनशील हुनुपर्छ ।’

उपभोक्ताको सचेतना बढाउन हरेक पालिकामा स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने बताए । सिलिण्डरमा जोडिने ग्यास पाइप पीभीसीको सट्टा तीन लेयर (तह) को ‘सुरक्षा’ पाइप प्रयोग गर्दा सुरक्षित हुने संघकी वरिष्ठ उपाध्यक्ष कलपना कुंवरले बताइन् ।‘पीभीसी पाइप मुसाले काट्न सक्ने र तातिएर पग्लिन सक्ने हुन्छ, बजारमा ९० प्रतिशत पीभीसी पाइप छ,यसको सट्टा सरकारले थ्री लेयरको पाइप प्रयोगलाई अनिवार्य गर्नुपर्छ ।’

तीन लेयरको पाइप महंगो पनि नहुने र एक मिटरको ३०० देखि ४०० रुपैयां मूल्यको हुने बताइन् । सरकारी निकायबाट ग्यास विक्रि सम्बन्धी अनुगमन शुन्यप्राय रहेको भन्दै संघले यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट नियमित रुपमा अनिवार्य रुपमा ग्यास उद्योग, उत्पादन अवस्था, उत्पादन पछिको भण्डारण लगायतका विषयमा अनुगमन, नियमन गर्न माग गरेको छ ।

हाल बजारमा देखिएका सानो आकारका सिलिन्डर ग्यास अवैध रहेको र यो कमजोर समेत रहेकाले यसको विक्रि र आयातलाई बन्द गर्न महासचिव सुर्य खनालले आग्रह गरे । रुपन्देहीमा हाल दैनिक १४ हजार ग्यास सिलिन्डर खपत रहेको संघका पदाधिकारी राममिलन यादवले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ०५ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी