७ आश्विन २०८३, बुधबार | September 23, 2026

सांसद भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधबार राती ग्यास लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।

कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रबार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरेको उनले जानकारी दिएका छन ।

उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

शुक्रबार राती ग्यास सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासी लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भिर घाइते भएका थिए । सिभिल अस्पताल हुदैँ किर्तिपुरस्थित अस्पतालमा पुरयाईका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भने हिजै किर्तिपुर अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज