२५ असार २०८३, बिहिबार | July 9, 2026

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरीको कैद माफी मिनाहा, रिहा हुँदै



काठमाडौं । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन ।

आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरुको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसगै उनी रिहा हुने भएका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएका हुन ।

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको टयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्धाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : २५ बजे

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम