२६ असार २०८३, शुक्रबार | July 10, 2026

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानको नियुक्तिप्रति जसपाको आपत्ति



काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

सरकारले बिहिवार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई सपथ पनि गराएका थिए ।

जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन । ‘सबिधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त बिपरित गरिएका नियुक्तिहरुलाई सच्चाई समानुपातिक समावेशीको मुल मर्म अनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : १७ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा