८ पुस २०८२, मंगलबार | December 23, 2025

रोटरी क्लब अफ बुटवल चौतारीकोे आयोजनामा निशुल्क स्वास्थ्य शिविर



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले निशुल्क स्वास्थ्य शिविरले धेरै जना लाभाम्बित हुने भन्दै सामाजिक कार्यलाई निरन्तर अघि बढाउन क्लवलाई आग्रह गरिन । उनले स्वास्थ्य सचेतना, शिविर जस्ता कार्यक्रम बाट समाजमा लुकेका रोगहरु बाहिर ल्याउन सकिने भन्दै स्वास्थ्य प्रबद्धनात्मक कार्यक्रममा क्लवलाई उपमहानगरको तर्फबाट सधै सहयोग रहने समेत बताईन ।

क्लवका अध्यक्ष सन्तोष केसीले बार्षिक कार्ययोजना अनुसार निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्वास्थ्य शिविरका अलवा बृक्षारोपण, सरसफाई कार्यक्रम, विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, न्यानो पोशाक वितरण, विरामीलाई फलफुल वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

चौराह हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविर कार्यक्रममा नाक, कान, घांटी, हाडजोर्नी, महिला रोग, बालबालिका, दन्त परिक्षण गरिएको थियो । त्यसैगरी सुगर परिक्षण समेत गरिएको थियो । शिविरमा २४६ जनाले सेवा लिएको कार्यक्रम संयोजक श्रीकान्त सुवेदीले बताए । साथै उक्त कार्यक्रममा कलबले बुटवल १३ नागरिक टोलका अशक्त लेकसरी गुरुङ लाई एक थान ह्लि चियर चियर प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी बुटवल चौतारीका एजी पुरन श्रेष्ठ,चौराहा हस्पिटलका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारी, बुद्धभुमि ट्यक्सी सेवा का प्रतिनिधि दिलिप बि.क, सत्यवती टोल बिकास संस्थाका सचिव बिष्णु काफ्ले लगाएतले बोलेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा क्लवका सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो