१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

सगरमाथा आवासिय विद्यालयले मनायो २९ औं वार्षिकोत्सव



देवदह । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ड्रिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पुर्वमन्त्री तथा संघिय सांसद छवीलाल विश्वकर्माले निजी शैक्षिकसंस्थाहरुले शैक्षिक जनशक्ति उत्पादनमा खेलेको भुमिकाको राज्यले मुल्यांकन गर्नु पर्ने बताए ।

उनले विद्यार्थीहरुको रुचीको पहिचान गरी वालवालिकालाई पठन-पाठन गराउनु पर्नेमा जोड दिए । उनले गुणस्तर शिक्षाको लागि शिक्षा नीति आवश्यक रहेकोले सवै क्षेत्रको सुझावको आधारमा शिक्षा नीति बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षाको विकासको लागि सामुदायिक र संस्थागत विद्यालय वीच सहकार्य आवश्यक रहेको बताए ।

विद्यालयका संस्थापक प्राचार्य कृष्णप्रसाद पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरसँगै दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका कार्यक्रम ल्याउने तयारीमा सगरमाथा रहेको बताए । उनले गुणस्तरीयसँगै वर्तमान अवस्थामा आवश्यक पर्ने संस्कारयुक्त शिक्षाका लागि योजनावद्ध भएर विद्यालयले कार्यक्रम बनाएको समेत सो अवसरमा जानकारी दिए । उनले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको विभेद हट्नु पर्ने उल्लेख गर्दै स्थानीयतह देखिनै सहकार्यको जरुरी रहेको धारणा राखे ।

विद्यालयका सह-प्राचार्य लेखनाथ काफ्लेको स्वागत तथा प्रदीप अधिकारीको संचालनमा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य आषिशकुमार चौधरी, जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, पुर्व नगर प्रमुख हिराबहादुर खत्री, एन प्याव्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, एन प्याव्सन लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, नगर प्रवक्ता गणेश डुम्रे, देवदह-७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय ऋषिश्वर अर्याल, नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याव्सन रुपन्देहीका सचिव वावुराम बन्जाडे, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, अभिभावक लता चापागाई लगायतले बोल्दै सामुदायिक शैक्षिक संस्थालाई मात्र होईन संस्थागत विद्यालयलाई पनि सीप मुलक प्राविधिक शिक्षाको अवसर दिनु पर्ने विचार राखे ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक पुरस्कार तथा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार नविन पौडेल, तेजु अर्याल, हास्यकलाकार शेरबहादुर गुरुङ्ग, विभिन्न तहका विद्यार्थीहरुले आ-आफना प्रस्तुतीहरु देखाएका थिए ।

कार्यक्रममा समाज रुपान्तरणमा योगदान पु¥याए वापत देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष वालकुमार श्रेष्ठ, शैक्षिक पुरस्कारबाट देवदहका पत्रकार गोविन्द घर्तीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिकसँगै अतिरिक्त तथा सामाजिक उत्तरदायित्व बहनगर्ने खालका विभिन्न सप्ताहब्यापि कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : १८ बजे

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको