५ भदौ २०८३, शुक्रबार | August 21, 2026

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नमिबियाले पहिले फिल्डिङ गर्ने



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार बेहोरेको थियो ।

त्यस्तै तेस्रो खेलमा नामिबिया नेपाललैसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्याण्डले पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ । विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ ।

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ४६ बजे

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक