२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनीको अधिवेशन सम्पन्न



बुटवल । नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अधिवेशन सकिएको छ । बुटवलमा सम्पन्न अधिवेशनले गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णु गिरीलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिवेशनले प्रतापपुर गाँउपालिका नवलपरासीका उमेशचन्द्र यादवलाई उपाध्यक्ष, सरुमारनी गाँउपालिका अध्यक्ष प्युठानका झगबहादुर विश्वकर्मालाई सचिव, छत्रकोट गाँउपालिका गुल्मीका रामप्रसाद पाण्डेय सहसचिव तथा कोषाध्यक्षमा बँगलाचुली गाँउपालिका दाङका तुल्सीराम पुन मगर निर्वाचित भएका छन् ।

स्थानीयतह निर्वाचनमा प्राप्त मतभारका आधारमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसबाट, सचिव र सहसचिव एमालेबाट र कोषाध्यक्ष माओवादी केन्द्रबाट चयन गर्ने यस अघि नै निर्णय भएको थियो । सोही सहमति अनुसार नयाँ २१ सदस्सीय नयाँ कार्यसमिति गठन गरेर पदहस्तान्तरण गरिएको महासंघका निवर्तमान अध्यक्ष मधुकृष्ण पन्थले बताए ।

अधिवेशनको लुमिबनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले उदघाटन् गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ४९ बजे

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने