७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनीको अधिवेशन सम्पन्न



बुटवल । नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अधिवेशन सकिएको छ । बुटवलमा सम्पन्न अधिवेशनले गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णु गिरीलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिवेशनले प्रतापपुर गाँउपालिका नवलपरासीका उमेशचन्द्र यादवलाई उपाध्यक्ष, सरुमारनी गाँउपालिका अध्यक्ष प्युठानका झगबहादुर विश्वकर्मालाई सचिव, छत्रकोट गाँउपालिका गुल्मीका रामप्रसाद पाण्डेय सहसचिव तथा कोषाध्यक्षमा बँगलाचुली गाँउपालिका दाङका तुल्सीराम पुन मगर निर्वाचित भएका छन् ।

स्थानीयतह निर्वाचनमा प्राप्त मतभारका आधारमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसबाट, सचिव र सहसचिव एमालेबाट र कोषाध्यक्ष माओवादी केन्द्रबाट चयन गर्ने यस अघि नै निर्णय भएको थियो । सोही सहमति अनुसार नयाँ २१ सदस्सीय नयाँ कार्यसमिति गठन गरेर पदहस्तान्तरण गरिएको महासंघका निवर्तमान अध्यक्ष मधुकृष्ण पन्थले बताए ।

अधिवेशनको लुमिबनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले उदघाटन् गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ४९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी