२८ बैशाख २०८३, सोमबार | May 11, 2026

दुर्घटनाबाट हुने अकाल मृत्युबाट बचाउन सर्बपक्षिय सहकार्य आवश्यक : मन्त्री पन्थी



बुटवल । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्यबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन् ।

बढदो दुर्घटनाका कारण हाम्रो समाज अक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ यस्तो भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ पन्थीले भने ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा बुटवलमा आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग बन बातावरण पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्युनिकरणका लागि नागरीक सचेतना जगाउन लुम्बिनी प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए ।

मन्त्री यादवले सडक दुर्घटनाबाट हुने क्षती अकल्पनीय ढंगको हुने बताउदै यसको न्युनिकरणका लागि बिद्यालय स्तरबाटै पाठ्यक्रम आवश्यक रहेकोले मन्त्रालयले सो अनुसारको नितिगत प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक सचेत नभए सम्म सडक र सवारीमा हुने अब्यवस्था हटाउन कठिन हुने बताउदै नागरिकलाई दुर्घटनाका बिषयमा सचेत बनाउनु पहिलो आबश्यकता भएको बताए ।

लुम्विनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा पाउण्डेसनका महासचिव गोविन्द भटराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतिको नियन्त्रण, अभियन्ता कमला आचार्यले सडक दुर्घटना न्युनिकरणमा सामाजिक संघ संस्थाहरुको भुमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले लुम्विनी प्रदेशको ट्राफिक ब्यवस्थापनका समस्या र अवस्था तथा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले दुर्घटना न्युनिकरणका लागि नागरिक स्तरबाट भएका कार्यहरु बारे प्रस्तुतिकरण गरेका थिए ।

लुम्विनी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रको प्रतिनिधीहरुको सहभागीता रहेको सो कार्यक्रममा पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षित यातायातको दीर्घकालिन योजनाका लागी सुझावहरु प्रस्तुत भएका थिए ।

कार्यक्रमले प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी संयोजक, पुर्व सभासद दिपा बिश्वकर्मा, नेपाल रेडक्रस सोसाईटीका दिपक क्षेत्री न्यौपाने, यातायात ब्यवसायी नारायण प्रसाद घिमिरे, दिनेश फुल्लेल, ई।नवसुजित भण्डारी, अधिकारकर्मी रिमा बिसी लगायत रहेको प्रोभिन्स रोडसेफ्टी एलायन्सको सचिवालय गठन गरेको छ ।

कार्यक्रमले नेपाल सरकारले प्रतिवद्दता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गर्दै विभिन्न १७ बुंदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ०६ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका