४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदमा प्रकाश ज्वालाको प्रश्न – याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?



काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले  राजतन्त्र र राजाका नाममा मेची-महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमान व्यवस्थामाथि प्रहार भइरहेकाले यसविरुद्ध लड्नुपर्ने बताए ।

दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको राष्ट्र, राष्ट्रिय र धर्मसंस्कृति संरक्षण अभियानलाई इंगित गर्दै उनले गणतन्त्रसहित राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेकाले यसविरुद्ध लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दप्रति पनि उनले आपत्ति जनाए ।

पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराजका नाममा शुभकामना’ भन्दै निकालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सांसद ज्वालाले संसदमा प्रश्न गरे– के यो देशमा श्री ५ महाराजाधिराज छ ? अहिले देशमा राजतन्त्र छ ?

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको