२६ असार २०८३, शुक्रबार | July 11, 2026

बालाजु घटना : दुई प्रहरी वृत्तको कमजोरी



काठमाडौं । काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त सोह्रखुट्टेको कमजोरीले घटना घटेको निष्कर्ष निकालिएको छ । कार्यालयले अनुसन्धानका लागि गठन गरेको समितिले ती दुवै प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई कारबाहीका लागि सिफारिस गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उपत्यका प्रहरीले प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले त्यस दिन आन्दोलन नियन्त्रणका लागि खटिएका बालाजुका डिएसपी रविन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमको कमजोरी रहेकाले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ ।

फागुन १ गते उक्त घटना भएको थियो । प्रहरीले आजसम्म चोरीको आरोपमा १६ र तोडफोड तथा आगजनी गरेको आरोपमा ३५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उक्त घटनापछि भोलिपल्टै बालाजुका डिएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको र उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी मनोजित कुँवरलाई पठाइएको थियो ।

घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो राख्दै कसरी कमजोरी भयो भनेर प्रहरी प्रमुखसँग जानकारी लिएका थिए । उनले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ५० बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा