१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

लुम्बिनीमा थन्किएका करोड बढीको विदेशी मुुद्रा सटही हुने



लुम्बिनी । लुम्बिनीमा विदेशी पर्यटकबाट दानवापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले विहिबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानआर्कष पत्र बुुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमती भएको हो ।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमती दिएसँगै आर्थिक वर्ष ०७१र०७२ देखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो ।

विभिन्न मूलूकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफुहरुको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । ‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद शर्मा रुपन्देही आएको बेला भेटी वापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानआर्कषण पत्र पनि बुुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सहमती भएको छ’ कोषाध्यक्ष भट्टराईले भने ।

कोषले संकलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए ।

लुम्बिनीमा भेटी र दानवापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डा लगातका मुलुकको मुद्रा छ ।

परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भएपनि अब आफुहरुले सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुर स्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने उनले बताए । उनका अनुसार यो रकम सटही भएपछि ३ देखि ४ महिनाको अवधीमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ ।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ । लुम्बिनीमा भेटि वापत संकलित विदेशी मुद्रा सटही नहुँदा कागज बराबर भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार समेत प्रकाशित भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ०० बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान