२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित



गलकोट । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् ।

दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ । प्रसूति विभागमात्रै होइन, चिकित्सक अभावमा बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ ।

अस्पतालमा अहिले चिकित्सक अभावमा ओपिडीदेखि इमर्जेन्सी तथा आइसीयूसम्मकोे सेवामा प्रभाव पारेको धवलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ढुङ्गानाले बताए । “एक हप्ताअघिमात्रै गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहित चिकित्सकको आवश्यकता छ, अभावका बीच अस्पतालको अन्य सेवा निरन्तररूपमा चले पनि प्रसूति विभाग, बालरोग तथा नाक, कान घाँटीरोग विभाग सञ्चालनमा कठिनाइ छ ।”

डा ढुङ्गानाले भने, “छात्रवृत्तिका चिकित्सकको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका चिकित्सक आउन सकेका छैनन्, छात्रवृत्तिका चिकित्सकको समयावधि सकिएपछि फर्कनुहुन्छ, कोरोना त्रासमा थपिएका करारका चिकित्सकको करार नवीकरण भएन, दरबन्दीका चार मेडिकल अधिकृत अध्ययन बिदामा हुनुहुन्छ ।” तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन उनले बताए ।

केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा अहिले पाँच जनामात्रै विशेषज्ञ छन् । अस्पतालमा करार र छात्रवृत्तितर्फका गरी जम्मा छ र दरबन्दीका दुई १३ चिकित्सक कार्यरत रहेको धवलागिरिका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।

“तेइस जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, दरबन्दीका जम्मा दुईजना हुनुहुन्छ, अहिले अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्षलगायत मानसिक रोग विभागसहित धेरै सेवा थपिएका छन्”, उनले भने, “दरबन्दीअनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको अभाव छ, दैनिक ओपिडी शाखामा मात्रै अहिले चार सय बिरामी आउँछन्, अस्पतालको भौतिक पूर्वाधारसमेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।”

चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ । छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५७ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र