काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
सरकारको नेतृत्व गरिरहरको नेकपा माओवादी केन्द्रबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी नयाँ गठबन्धन बनाए पनि एमाले सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने बरु पुस १० को सहमति कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
उनले राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्न कांग्रेसबाहेकका सबै दललालाई पत्राचार गरेरै आग्रह गर्ने निर्णय भएको पनि जानकारी दिए ।
सचिवालय बैठकले राजतन्त्र ब्यूँताउन पहल सुरु गरेका दुर्गा प्रसाईंलाई पार्टीबाट निस्काशन गर्ने निर्णय पनि गरेको छ ।



















प्रतिक्रिया