२० मंसिर २०८२, शनिबार | December 6, 2025

पोखरामा असिना सहितको वर्षा, दिउँसै भयो अन्धकार



पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ।

दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।

यस अघि  पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने  त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो।

लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए ।  उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाई छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय