४ पुस २०८२, शुक्रबार | December 19, 2025

सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भयो : झलनाथ खनाल



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन् ।

आज सुर्खेतमा पुगेका नेता खनालले पत्रकारसँग भने, “पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए ।” उनले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताए । नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले अगाडि भने, “देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन ।” राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा (एमाले)ले पठाएको पत्रबारे पार्टीमा छलफल भईरहेको उनले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ०३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म