२८ असार २०८३, आइतबार | July 12, 2026

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सकिँदै



काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ ।

विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०÷६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो । उनले भने, “त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ । समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ ।”

सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए । बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए । यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको उनले बताए । उनले भने, “सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ ।”

विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो । यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो । सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ४४ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै