२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपतिमा पौडेल विजयी हुने : अध्यक्ष नेपाल



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन ।

पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए ।

पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए ।

आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो । उनले भने, “२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौ, माओवादी सशस्त्र द्वन्दमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।”

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ४२ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण