६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

एमसीसीको विरोधमा ११ वाम दलको काठमाडौंमा प्रदर्शन



काठमाडौं । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ ।

एघार वटा साना कम्युनिष्ट दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन ।

उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।

एमसीसी पेन्टागनको योजना अनुसार हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग भएकाले यसलाई पास गर्न नहुने उनीहरुले माग गरे । चीनलाई फौजि रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने अमेरिकी षड्यन्त्र भएको उनीहरुले आरोप लगाए ।

प्रदर्शनकारीले ‘युएसए गो ब्याक’, ‘एमसीसी चाहिदैन देश बेच्न पाइदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु बोकेका थिए । प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरेको देखिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : ०५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको